Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्क साम्पाङ


    सोमबार, बैशाख २१ २०८३
    245
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

    सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका उनले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताए ।

    भारत सरकारको विदेश मन्त्रालयले लिपुलेक भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष साम्पाङले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरे ।

    उनले भने, ‘भारतले त्यसो भन्न नपर्ने हो । त्यो भूमि हाम्रो हो । भारतले पहिला देखिनै प्रमाण पुग्दैन भनिराख्या छ । त्यो भूमि हाम्रो हो । सन् १८१६ को सुघौली सन्धीले त्यो भन्छ ।’

    सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार