Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ


    आइतबार, बैशाख २० २०८३
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो ।

    गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो । बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ ठूलो मात्रामा रकम बरामद भएको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।

    यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार