काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्ण संरचना पाएको छ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि सोमबार (वैशाख १४) काँग्रेसले आङ्देम्बेलाई संसदीय दलको नेता तोकेको हो। प्रमुख विपक्षी दलको नेतृत्व टुंगिएसँगै परिषद् पूर्ण बनेको मानिएको छ।
यसअघि दलको नेता चयन हुन ढिलाइ हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन, जसका कारण प्रधानन्यायाधीशलगायत संवैधानिक निकायमा नियुक्ति प्रक्रिया समेत अवरुद्ध थियो। हाल कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधानले सम्हालिरहेकी छन्।
संविधानको धारा २८४ अनुसार परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने प्रावधान छ।
अब परिषद्को बैठकमार्फत नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने अपेक्षा गरिएको छ। सिफारिस गरिएको नाम संसदीय सुनुवाइ समितिबाट दुई तिहाइ अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend