काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्।
मन्त्री स्तरीय निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयको समायोजन तथा आवश्यक समन्वय प्रभावकारी बनाउन सम्बन्धित निकायलाई विभिन्न निर्देशन तथा अनुरोध गरेको हो।
केन्द्रले बस्ती हटाउने वा स्थानान्तरण गर्ने प्रक्रियाबाट प्रभावित विद्यार्थीलाई नजिक तथा पायक पर्ने विद्यालयमा अध्ययनको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ।
विशेष गरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग उपलब्ध गराउन तथा विद्यालय नै प्रभावित भएका स्थानमा वैकल्पिक शैक्षिक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
यसैगरी, प्रभावित बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित गुनासा, समस्या वा सुझाव भए सम्बन्धित स्थानीय तहमार्फत केन्द्रमा जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend