Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गर्ने काँग्रेसको निर्णय


    सोमबार, बैशाख १४ २०८३
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।

    बैठकबाट गरिएको उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक अनुमोदन गर्ने तयारी गरिएको छ।

    पार्टी स्रोतका अनुसार २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि काँग्रेसले संसदीय दलको नेता सहमतिका आधारमा चयन गर्न लागेको यो पहिलो अवसर हो। आङ्देम्बे नेपाली काँग्रेसका समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।

    यसअघि संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्यलाई प्रमुख दाबेदारका रूपमा हेरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार