Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, बैशाख १४ २०८३
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो।

    आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार