काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले सचिव जानुपर्ने कार्यक्रममा सल्लाहकार र पीए पठाउन थालेका छन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयका सचिव जानुपर्ने कार्यक्रममा आफ्ना सल्लाहकार सन्तोष पाण्डेलाई पठाएका छन् ।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देल नै जानुपर्ने थियो । तर मन्त्री लम्सालले आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन् ।
यसअघि भएका उक्त कार्यक्रममा तत्कालीन सहरी विकास मन्त्रालयका मन्त्री र सचिवले प्रतिनिधित्व गर्र्दैआएका थिए । तर यो बर्षको कार्यक्रममा मन्त्री लम्सालले सचिवलाई रोकेर सल्लाहकार पाण्डेलाई पठाएका छन् ।
पाण्डे न्युयोर्कमा पुगेर कार्यक्रममा भाग लिएर स्वदेश फर्किसकेका छन् । सो कार्यक्रम असार ३१ देखि साउन २ गते ९जुलाई १५, १६, १७ र १८० सम्म आयोजना गरिएको थियो । सबैका लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम प्रत्येक बर्ष हुन्छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend