काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले सचिव जानुपर्ने कार्यक्रममा सल्लाहकार र पीए पठाउन थालेका छन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयका सचिव जानुपर्ने कार्यक्रममा आफ्ना सल्लाहकार सन्तोष पाण्डेलाई पठाएका छन् ।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देल नै जानुपर्ने थियो । तर मन्त्री लम्सालले आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन् ।
यसअघि भएका उक्त कार्यक्रममा तत्कालीन सहरी विकास मन्त्रालयका मन्त्री र सचिवले प्रतिनिधित्व गर्र्दैआएका थिए । तर यो बर्षको कार्यक्रममा मन्त्री लम्सालले सचिवलाई रोकेर सल्लाहकार पाण्डेलाई पठाएका छन् ।
पाण्डे न्युयोर्कमा पुगेर कार्यक्रममा भाग लिएर स्वदेश फर्किसकेका छन् । सो कार्यक्रम असार ३१ देखि साउन २ गते ९जुलाई १५, १६, १७ र १८० सम्म आयोजना गरिएको थियो । सबैका लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम प्रत्येक बर्ष हुन्छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend