एजेनसी । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध २ साताका लागि रोकिएको छ । दुई हप्ताको युद्धविरामको घोषणासँगै इरानीहरूले उत्सव मनाएका छन् । इरानी जनताहरुले तेहरानको सडकमा उत्रिएर उत्सव मनाएका हुन् ।
अमेरिकाले युद्धविराम घोषणा गरेपछि कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका खाडी देशले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेका छन् ।
कुवेतको सेनाले क्षेप्यास्त्र र ड्रोन आक्रमण रोकिरहेको बताएको छ भने बहराइनले साइरन बजाएर जनतालाई सुरक्षित रहन आग्रह गरेको छ । साउदी र कतारले पनि सुरक्षा सतर्कता उच्च पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जलमार्ग खोल्न दिएको समयसीमा सकिनु केही समयअघि मात्र यो सहमति भएको हो । यसअघि उनले ‘सम्पूर्ण सभ्यता मर्नेछ’ भन्ने धम्की दिएका थिए ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका युद्धबिराम गर्न तयार भएको बताइएको छ । इरानका अनुसार दुई देशबीच शुक्रबार पाकिस्तानको इस्लामाबादमा वार्ता सुरु हुनेछ । ट्रम्पले इरानले १० बुँदे प्रस्ताव पेस गरेको र दुई हप्ताभित्र अन्तिम सम्झौता हुने अपेक्षा गरेका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend