एजेनसी । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध २ साताका लागि रोकिएको छ । दुई हप्ताको युद्धविरामको घोषणासँगै इरानीहरूले उत्सव मनाएका छन् । इरानी जनताहरुले तेहरानको सडकमा उत्रिएर उत्सव मनाएका हुन् ।
अमेरिकाले युद्धविराम घोषणा गरेपछि कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका खाडी देशले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेका छन् ।
कुवेतको सेनाले क्षेप्यास्त्र र ड्रोन आक्रमण रोकिरहेको बताएको छ भने बहराइनले साइरन बजाएर जनतालाई सुरक्षित रहन आग्रह गरेको छ । साउदी र कतारले पनि सुरक्षा सतर्कता उच्च पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जलमार्ग खोल्न दिएको समयसीमा सकिनु केही समयअघि मात्र यो सहमति भएको हो । यसअघि उनले ‘सम्पूर्ण सभ्यता मर्नेछ’ भन्ने धम्की दिएका थिए ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका युद्धबिराम गर्न तयार भएको बताइएको छ । इरानका अनुसार दुई देशबीच शुक्रबार पाकिस्तानको इस्लामाबादमा वार्ता सुरु हुनेछ । ट्रम्पले इरानले १० बुँदे प्रस्ताव पेस गरेको र दुई हप्ताभित्र अन्तिम सम्झौता हुने अपेक्षा गरेका छन् ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend