तेहरान । इजरायल र इरानबीच युद्ध चलिरहेको छ ।
यसैबीच, केही भइरहेको छ, जसले संकेत गर्दछ कि सायद रूस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भएदेखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन् ।
पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक सर्कलको चिन्ता बढाएको छ । चीनबाट उडेका धेरै बोइङ ७४७ विमानहरु एकपछि अर्को गर्दै इरानतर्फ गइरहेको देखिएको छ ।
यो सबै यस्तो समयमा भइरहेको छ, जब इरानले आफ्ना आणविक साइटहरूमा इजरायली आक्रमणको सामना गरिरहेको छ। अब प्रश्न उठिरहेको छ कि इरानलाई सहयोग गर्न चीन अगाडि आएको हो त ?
सोही सन्दर्भमा रुसी राष्ट्रपति पुटिनले इरान र इजरायल बीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन् । साथै, इरानले पनि अहिलेसम्म कसैसँग सैन्य सहयोग पनि मागेको छैन् । ट्रम्पले हाल पुटिनको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन् ।
यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आपसमा कुराकानी गरेका छन् । यी सबै समीकरणले मध्यपूर्वमा केही ठूला हुनसक्ने चिन्ता बढाइरहेको छ ।
फाइटर राइडर २४ को तथ्यांक अनुसार गत जुन १४ देखि चीनबाट इरानका लागि कम्तीमा पाँचवटा बोइङ ७४७ विमान उडेका छन्। यी विमानहरू चीनको उत्तरी भागबाट पश्चिमतर्फ उडेर कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान पार गरी इरानको सिमानामा पुगेपछि राडारबाट अचानक हराएका थिए ।
रिपोर्टहरूका अनुसार यी विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखाइएको छ तर कुनै पनि विमान युरोपेली वायुक्षेत्रमा प्रवेश गरेका छैनन् । जसका कारण यी उडानको नियत थप शंकास्पद बनेको छ ।
हेरिटेज फाउन्डेशनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, ‘चीनले आफ्नो आर्थिक र सैन्य महत्वाकांक्षालाई समर्थन गर्न मध्यपूर्वबाट सस्तो र पश्चिमाहरूको प्रतिबन्धित तेल खरिद गर्छ र इरान यसको लागि महत्त्वपूर्ण साझेदार हो।’
तिनीहरू विश्वास गर्छन् कि यी उडानहरू सम्भवतः इरानले आफ्नो महत्त्वपूर्ण स्रोत, मानिसहरू वा रणनीतिक सामग्रीलाई चीनको सहयोगमा अन्यत्र सार्नको प्रयास भइरहेको हुन सक्छ ।
स्मरण रहोस्, २०२१ मा तेहरान र बेइजिङले २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। फक्स न्यूजको रिपोर्टका अनुसार तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डी भन्छन्, ‘यो साझेदारीले अमेरिकालाई प्रत्यक्ष सन्देश पनि दिने हो– अमेरिकाले जति धेरै इरान र चीनलाई अलग गर्न खोज्छ, त्यति नै यी दुई देश एकअर्काको नजिक आउने छन् ।’
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend