Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ


    शुक्रबार, चैत्र २० २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषाको लालगढबाट घुससहित एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको हो ।

    अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

    सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार