Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा रोजगारी दिइने, सम्पर्कमा आउन अनुरोध


    आइतबार, चैत्र १५ २०८२
    365
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। सो सम्बन्धमा प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन अनुरोध गर्दै सूचना प्रकाशित गरेको हो ।

    जेनजी प्रदर्शन र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं. ११ अनुसार शहीद परिवारका सदस्यको रोजगारीको व्यवस्था गरिएको प्रकाशित सूचनामा भनिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८२-०९-२० मितिको पत्रसहित प्राधिकरणमा पेश भएका निवेदन प्राप्त भएका छन्।

    शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण वा नपठाएकाहरूले ३५ दिनभित्र काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउनुपर्ने छ।

    सूचनामा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट पेश भएका आवेदकहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार