Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रका घुमुवा र ब्यापारीको सेटिङमा सिरहाको बरियारपट्टिबाट तस्करी बढ्यो


    बिहिबार, चैत्र १२ २०८२
    745
    Shares
    यसरी हुन्छ, अटो र सिटीमा तस्करी
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिन सकेको छैन । सीमा सुरक्षा र भन्सारछली तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीका अधिकारीले नै घुमुवामार्फत् ब्यापारीलाई तस्करीको लाइन दिएर लाभ लिने गरेका छन् ।

    सिरहाको बीओपी बरियारपट्टिका इन्स्पेक्टर पशुपति खनालले राखेका सादा पोशाकका घुमुवा अर्जुन ठाकुरले दररेट अनुसार लिएर तस्करीको लाइन दिएका छन् । सशस्त्र प्रहरी जवान ठाकुरले प्रत्येक ब्यापारीसँग बीओपीका इन्चार्ज खनाल र आफ्ना लागि दररेट तय गरी लिने गरेका छन् ।

    बरियारपट्टि नाकालाई अहिले तस्करहरूले सुरक्षित (सेफ जोन) का रूपमा प्रयोग गरिरहेका छन् । जहाँबाट कपडा, इलेक्ट्रोनिक्स, सख्खर, चिनी, ड्यू, चिनी, खैनी–गुट्खा, हार्डवेयर रङ(पेन्ट) का सामान भन्सारछली गरी नेपालतर्फ ल्याउने गरिएको छ । बरियारपट्टि नाकबाट लागूऔषध समेत भित्रने गरेको छ ।

    बरियारपट्टि नाकाबाट निमाला यादवले दुध, खैनी–गुट्खा, पेन्ट, कपडा र हार्डवेयर सामान ल्याउने गरेका छन् ।

    जिवछा चौधरीले किराना सामान, दुध, खैनी–गुट्खा, अमती यादवले रजनीगन्धा, राजनिवास जस्ता गुट्खा, दुध, चिनी ल्याउने गरेका छन् । तीनै जनाले अटो, सिटी र बसमा ढुवानी गरी सामान ल्याउने गरेका छन् । इन्स्पेक्टर खनाल बुधबारदेखि बिदामा बसेपछि घुमुवा ठाकुरले झन् बढी तस्करीका सामान पार गराउन भूमिका खेलेको आरोप छ ।

    बीओपी इन्स्पेक्टर र प्रदेशबाट आएका घुमुवा दुवै पक्षलाई छुट्टाछुट्टै वा संयुक्त रूपमा मासिक बुझाएर तस्करी सुचारु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार