नेपाल प्रहरीले बरामद गरेका अमिन मियाँले भन्सारछली गरी भित्र्याएका कुखुरा
काठमाडौँ। मोरङका चारवटा स्थानीय तहमा रहेका कुखुरा फार्महरूमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाएको छ।
सुन्दरहरैँचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं. ८, कटहरी गाउँपालिका वडा नं.६ र विराटनगर महानगरपालिका वडा नं.४ मा रहेका फार्महरूमा यो रोगको संक्रमण देखिएको हो।
संक्रमण पुष्टि भएसँगै बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रहरूको चारै दिशा तर्फ २० मिटर सम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ।
यो रोग मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट पन्छी तथा पन्छीजन्य सामग्रीहरू अण्डा, दाना, फोहर र कुखुराको सुलीको आयात, निर्यात तथा ओसारपसारमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले एक सूचना जारी गर्दै जिल्लाबासी, कृषक, व्यवसायी तथा उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग तथा समन्वय गर्न आग्रह गरेका छन्।
संक्रमण थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि प्रशासनले यस्तो कडा कदम चालेको जानकारी दिँदै कोइरालाले फार्ममा असामान्य रूपमा पन्छी मरेमा तत्काल जानकारी गराउन समेत अपिल गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend