काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलस्थित सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पु¥याउने, पैसामा बार्गेनिङ गरी यौन धन्दा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित सार्वजनिक सडक खण्डमा निगरानी गर्ने क्रममा युगाण्डाका ती महिलाहरूले बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै २० जना महिलाहरू युगाण्डाका नागरिक हुन् । उनीहरूलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ ।
हाल उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend