Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बदलिएको काँग्रेसले हारको दोष आफ्नै अग्रजलाई लगाएको मीन विश्वकर्माको आरोप 


    मंगलबार, चैत्र १० २०८२
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मीनबहादुर विश्वकर्माले नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकबाट आएको निष्कर्षप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

    पार्टीको विशेष महाधिवेशनपछि बसेको केन्द्रीय समितिले हालै सम्पन्न निर्वाचनमा २१ स्थानमा अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको निष्कर्ष निकालेको थियो। सोही निर्णयलाई लक्ष्य गर्दै विश्वकर्माले नेतृत्व तहको समीक्षा प्रक्रियामाथि टिप्पणी गरेका हुन्।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलविरुद्ध आलोचना गर्दै निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको प्रसंग उल्लेख गर्दै, काँग्रेसले भने आफ्नै विगतका नेतृत्वमाथि हारको जिम्मेवारी थोपरेको आरोप लगाएका छन्।

    उनका अनुसार पार्टीभित्रको समीक्षा प्रक्रियाले जिम्मेवारी निर्धारणभन्दा बढी आन्तरिक मतभेद झल्काएको देखिन्छ।

    निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेपछि गगन थापा नेतृत्वको कार्यसमितिमाथि प्रश्न उठिरहेको छ। केन्द्रीय समितिले थापाले दिएको राजीनामा अस्वीकार गरिसकेको भए पनि शेरबहादुर देउवा निकट पक्षले वर्तमान नेतृत्वप्रति असहमति जनाउँदै आएको छ, जसका कारण पार्टीभित्र विवाद जारी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार