Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा केन्द्रीय समिति बैठक बिहीबार, संसदीय दलको नेता चयन गर्ने


    मंगलबार, चैत्र १० २०८२
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

    यही चैत १२ गते अपराह्न २:०० बजे प्रतिनिधि सभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४:०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।

    बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार