Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • पुस्तक बिक्रीमै व्यस्त छन् पूर्व मन्त्री महावीर पुन


    सोमबार, चैत्र ९ २०८२
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री डा. महावीर पुनले आफ्नो व्यक्तिगत पहलमार्फत पुस्तक बिक्री अभियानलाई निरन्तरता दिएका छन्।

    म्याग्दीबाट निर्वाचित पुनले पहिलो पटक वीरगन्ज पुगेर सार्वजनिक स्थलमा आफ्नो आत्मकथा बिक्री गरेका हुन्।

    सोमबार बिहान घण्टाघर क्षेत्रमा आयोजित पुस्तक बिक्री कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको उक्त गतिविधिमा पुन स्वयं सहभागी भई पाठकसँग प्रत्यक्ष संवादसमेत गरेका थिए।

    उक्त कार्यक्रमपछि उनले राम जनम तिवारीको सालिक नजिकै थप पुस्तक बिक्री गर्ने तथा त्यसपछिको चरणमा कृषि औजार कारखाना परिसरमा पनि अभियानलाई निरन्तरता दिने जानकारी दिएका थिए।

    पुनले आफ्नो पुस्तक बिक्रीबाट संकलित रकम कृषि औजार उत्पादनसँग सम्बन्धित उद्योग सञ्चालनमा प्रयोग भइरहेको उल्लेख गरेका छन्। उनका अनुसार उक्त पहलमार्फत हालसम्म करिब ५० जनालाई रोजगारी उपलब्ध गराइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार