काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी समेत सहभागी भएका थिए। टोलीले अस्थायी रूपमा तयार पारिएको बहुउद्देश्यीय हलको अवलोकन गर्दै आगामी कार्यक्रमका लागि सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको छ।
त्यसैगरी, टोलीले भवन परिसरभित्र रहेको केन्द्रीय लबी र प्रतिनिधिसभा कक्ष निर्माण भइरहेको स्थानको समेत अवलोकन गरेको छ। निर्माण कार्यको प्रगति, सम्भावित जोखिम तथा सुरक्षा चुनौतीका विषयमा पनि जानकारी लिइएको बताइएको छ।
निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एआईजी कार्कीले भवनको सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन तथा समग्र निर्माण प्रगतिबारे जानकारी लिइएको उल्लेख गरे।
यसैबीच, फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम १२ चैतमा सोही बहुउद्देश्यीय हलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। बानेश्वर संसद् भवन आगजनीबाट प्रभावित भएको र नयाँ निर्माणाधीन भवन अझै पूर्ण रूपमा तयार नभएकाले संसद् सचिवालयले उक्त हललाई वैकल्पिक स्थलका रूपमा उपयोग गर्ने व्यवस्था मिलाएको हो।
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend