Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै 


    शुक्रबार, चैत्र ६ २०८२
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

    बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति र कार्ययोजना साथसाथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    फागुन २१ गते सम्पन्न निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएपछि सभापति थापाले राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्नेमा पार्टीमा दुई मत देखिएको छ ।

    सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । आजको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने दुवै प्रस्ताव पेस गर्ने उपसभापति शर्माको तयारी छ । काँग्रेसको विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार