Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी प्रदेशमा चट्याङसहित भारी बर्षा हुने, सतर्क रहन मौसम बिभागको अनुरोध


    शुक्रबार, चैत्र ६ २०८२
    445
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

    कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्या र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    मौसम पूर्वानुमान शाखाले शुक्रबार नै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा हिमपातको सम्भावना रहेको जनाइसकेको छ । बिभागले विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्याङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार