Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  •  आशिका तामाङका कानुनबिपरीतको निर्देशन धादिङका १३ वटै पालिकाले नमान्ने


    बिहिबार, चैत्र ५ २०८२
    620
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । धादिङ जिल्लाका १३ वटै स्थानीय सरकारका प्रमुख र अध्यक्ष एवं उपप्रमुख–उपाध्यक्षहरुले स्थानीय सरकारको अधिकार क्षेत्रमा शुरु भएको सांकेतिक हस्तक्षेपहरुको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । धादिङबाट निर्वाचित हुनासाथ सांसद आशिका तामाङले स्थानीय तहले लिंदैआएको करदेखि खानी उत्खनन् रोक्न रोक्न निर्देशन दिएपछि धादिङका सबै पालिका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेका हुन् ।

    धादिङका १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ– जेनजी बिद्रोहको मर्म बमोजिम स्थीर सरकार, भ्रष्टाचारको अन्त्य र सुशासन सहितको विकसित नेपालका लागि नयाँ बन्ने संघीय सरकारसँग संविधानको मर्मअनुरुपको सहकार्य गर्न धादिङका स्थानीय सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं ।

    आजको बैठकले संघ तथा प्रदेश सरकारद्वारा सञ्चालन हुने विकास निर्माण, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, मितव्ययी खर्च व्यवस्थापन तथा योजनाबद्ध विकासका अभियानहरूमा सहकार्य र समन्वय गर्न सदैव तयार रहने प्रतिवदधता गरेको छ ।

    यसैबीच नबनिर्बाचित सांसदहरुको नामबाट संविधान एवं कानून बिपरीत जारी भएका निर्देशनहरु र जिल्ला प्रशासन कार्यालयका तर्फबाट मिति २०८२ फागुन १ गतेको मितिमा चलानी नंबर २८५० बाट चैत ३ गते धादिङका पालिकाहरुमा प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरु कुण्ठित गरी प्रशासन मार्फत् अंकुश लगाउने प्रयासका रुपमा लिंदै स्थानीय सरकारको अधिकार क्षेत्रमा शुरु भएको सांकेतिक हस्तक्षेपहरुको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ ।

    संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई सुदृढ गर्दै अगाडि बढ्न संघ तथा प्रदेश सरकार र मातहतका निकायहरुको ध्यानाकर्षण गराउँदै सम्बधित सबै सरोकारवालाहरुमा सहकार्य, समन्वय र सहअस्तित्वलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न धादिङका १३ वटै स्थानीय सरकारको तर्फबाट हार्दिक अपिल गर्दछौं ।

    धादिङका १३ पालिकाको निर्णय

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार