काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको भइरहेको छ ।
सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो ।
सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रतिनिधिहरू सहभागी छन् ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे । बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ । यो पृष्ठभूमिमा संसद् सञ्चालनको तयारीको विषयमा सर्वदलीय बैठक बसेको हो ।
सांसदहरूको शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो । संसद् सचिवालयका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend