काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि गठन हुने नयाँ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग संसदीय दलसम्बन्धी व्यवस्थापनका विषयमा छलफल गर्न संसद सचिवालयले पहल थालेको छ। यसक्रममा नयाँ संरचनामा रहने ६ वटा दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको जनाइएको छ।
सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलका कार्यालयको व्यवस्थापन, कर्मचारीको व्यवस्था तथा उपलब्ध गराइने सेवा–सुविधासम्बन्धी विषयमा धारणा आदानप्रदान गर्न बैठक आयोजना गरिएको हो।
यसैसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालन हुने नयाँ भवनको भौतिक अवस्थाबारे जानकारी गराउने तथा निर्माणाधीन संरचनाका कारण प्रारम्भिक चरणमा देखिन सक्ने असहजताबारे अवगत गराउने उद्देश्य पनि राखिएको छ।
निर्वाचन परिणाम अनुसार नयाँ संसदमा राष्ट्रिय श्रम संस्कृति पार्टी बाहेक अन्य पुराना दलहरू पुनः उपस्थित रहनेछन्। नेपाली काँग्रेस र नेकपा एमालेले यसअघि प्रयोग गर्दै आएका संसदीय दलका कार्यालयहरू यथावत रहने व्यवस्था गरिएको छ।
यता, ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि हालको कार्यालय पर्याप्त नहुने देखिएकाले वैकल्पिक व्यवस्थाबारे छलफल अघि बढाइएको छ। प्रारम्भिक प्रस्ताव अनुसार नेकपाले प्रयोग गर्दै आएको कार्यालय उक्त दललाई उपलब्ध गराउने र त्यसबदला रास्वपाले हाल प्रयोग गरिरहेको स्थान नेकपालाई दिने विकल्पबारे आन्तरिक तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि, यस विषयमा सम्बन्धित दलहरूसँग औपचारिक सहमति भइसकेको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आफ्नो पुरानै कार्यालय प्रयोग गर्नेछ। साथै, नयाँ संसदमा प्रतिनिधित्व नहुने जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलहरूले प्रयोग गर्दै आएका कार्यालयमध्ये एउटा स्थान नागरिक उन्मुक्ति पार्टीलाई उपलब्ध गराउने तयारी गरिएको बताइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend