Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन विभागको आग्रह


    बिहिबार, चैत्र ५ २०८२
    495
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा हिमपातको सम्भावना रहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

    शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटररसेकेण्ड वा करिब ११९ किमिरघण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने महाशाखाले जनाएको छ।

    आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनर चट्यांङरहावाहुरीरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।

    शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनर चट्यांङरअसिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको छ।

    शनिबार पनि कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनर चट्यांङरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार