Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना छानबिन गर्न समिति गठन


    बिहिबार, चैत्र ५ २०८२
    675
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषय छानबिन गर्न समिति बनाएको छ ।

    मनमोहन प्राविधिक विश्वविद्यालयमा शनिबार सफाइको क्रममा पुस्तकका केही प्रति जलेको भिडिओ सार्वजनिक भएपछि चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो ।

    गृहले मोरङका सहायक सीडीओ सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि समिति सदस्य छन् ।

    फोहोर जलाएको भिडिओमा ती पुस्तक पनि जलेको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग जवाफ माग्दै २४ घण्टे पत्र पठाएको थियो । विश्वविद्यालयले ल्याव निर्माणका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको जवाफ पठाएको छ ।

    आवश्यक छानबिनसहित प्रतिवेदन बुझाउने गरी समितिलाई १५ दिनको सीमा तोकिएको मोरङका सीडीओ युवराज कट्टेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार