काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।
थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् ।
शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा गगन थापा सहभागी नहुने बताइएको छ । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो ।
पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए । थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए ।
गगनले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरुले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend