काठमाडौँ । रवि लामिछानेले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन भए फिर्ता बोलाउने संकेत गरेका छन्। उक्त चेतावनी उनले पार्टीका सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै व्यक्त गरेका हुन्।
सभापति लामिछानेले सांसदहरूले अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै पार्टी ठूलो भएको र सरकार सञ्चालनमा रहेको अवस्थामा प्रत्येक सांसदले जिम्मेवारीसाथ व्यवहार गर्नु आवश्यक भएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको दफा ६९ अनुसार जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार व्यवस्था गरिएको छ।
उनले सांसदहरूको व्यक्तिगत स्वतन्त्रता सम्माननीय रहने तर पार्टी अनुशासन कायम रहनै पर्ने स्पष्ट पारे। स्वतन्त्रता र अनुशासनबीचको सन्तुलन भंग नगर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
लामिछानेले आगामी दिनमा पार्टीभित्र अनुशासन कडाइका साथ लागू गरिने र सांसदहरूले यसका मापदण्ड पालना गर्नुपर्ने जानकारी गराएका छन्।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend