Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउदै आयोग 


    बुधबार, चैत्र ४ २०८२
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ ।

    आयोगले भोलि अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने भएको हो ।

    गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । भोलि नै आयोगले समानुपातिक प्रणालीतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण गर्दैछ । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।

    त्यो नतिजा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउन आयोगले समय लिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार