Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट ४ जनाको मृत्यु, १४ घाइते


    मंगलबार, चैत्र ३ २०८२
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक विपद् घटनामा चार जनाको मृत्यु भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ७३ वटा विपद् घटना दर्ता भएका थिए। हावाहुरीका कारण दुई, चट्याङका कारण एक र सर्पदंशका कारण एक जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ।

    उदयपुरमा सोमबार साँझको हावाहुरीले कटारी नगरपालिका-८ का मिनामाया तामाङ र कटारी-५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। सोही घटनामा पाँच जना घाइते भएका थिए।

    समग्रमा, पछिल्लो २४ घण्टामा १४ जना प्राकृतिक विपदबाट घाइते भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार