Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको निर्णय


    मंगलबार, चैत्र ३ २०८२
    390
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदमा पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई आफ्नो संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। शाही यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी भएका एक्ला उम्मेदवार हुन्।

    यसपटक राप्रपाको चुनावी प्रदर्शन अघिल्लो निर्वाचनको तुलनामा कमजोर देखिएको छ। २०७९ सालको निर्वाचनमा पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी कुल १४ सिट जितेको थियो भने यसपटक प्रत्यक्ष एक र समानुपातिक चार गरी जम्मा पाँच सिटमा सीमित भएको छ।

    अघिल्लो संसदमा पार्टी पाचौं ठूलो दलको दर्जामा रहे पनि यसपटक छैटौँ स्थानमा झरेको छ। लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले पछाडि पार्न सफल भएको देखिएको छ।

    ज्ञानेन्द्र शाहीको प्रत्यक्ष जीतले राप्रपाको राष्ट्रिय पार्टीको मान्यता कायम राख्न मद्दत गरेको छ। संविधान अनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तीमा एक प्रत्यक्ष सिट जित्नु आवश्यक रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार