काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख नियामक निकायका नेतृत्वसँग भेटघाट तथा छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा सोमबार आयोजित उक्त भेटमा मन्त्रालयका राजस्व सचिव भूपाल बरालको पनि उपस्थिति रहेको थियो। छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए।
भेटका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, पुँजी बजारलाई पारदर्शी र आकर्षक बनाउने तथा आर्थिक सुशासन सुदृढ पार्ने कार्यमा नियामक संस्थाहरूले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गरे।
त्यसै अवसरमा सम्बन्धित निकायका प्रमुखहरूले पनि अर्थ मन्त्रालयसँगको सहकार्य सकारात्मक र उपयोगी रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय क्षेत्रको विकास तथा वित्तीय अनुशासन सुदृढ बनाउन मन्त्रालयले अपनाएका नीतिगत मार्ग निर्देशनका लागि अर्थमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका थिए।
उक्त जानकारी अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले सार्वजनिक गरेका हुन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend