धनुषा । मधेश प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा हानी ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।
तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्यरूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडीज चप्पल फेलापरेको छ ।
बरामद सामानको मूल्य करिब ७ लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद सामान ईलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।
मधेश प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी र चोरी–छलका मामिलामा नियमित छापा मार्दै आएको र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बरामद गर्दै गरेको भिडियो
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend