Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द


    सोमबार, चैत्र २ २०८२
    505
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।

    यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आगो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार, सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्यांकीमा आगलागी भएको थियो ।

    फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए ।

    फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

    यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार