Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको चर्को मूल्यबृद्धि, महंगी पनि बढ्ने


    सोमबार, चैत्र २ २०८२
    655
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको चर्को मूल्यबृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण मूल्यबृद्धि गर्नुपरेको जनाएको छ ।

    सोमबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटिर १० रुपैयाँ बढाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ । पहिलो वर्गमा परेका क्षेत्रमा १६९.५० पैसा र दोस्रोमा १७२ रुपैयाँ कायम भएको छ ।

    डिजेल र मट्टितेलमा पनि पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर १४१.५०, १४३ र १४४ रुपैयाँ कायम गरिएको छ । निगमले पश्चिम एसियामा भड्केको युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढेको जनाएको छ । निगमले पेट्रोलमा ३१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५४ रुपैयाँ भाउ बढेर आए पनि हाललाई कममात्रै मूल्य तोकिएको दाबी गरिएको छ ।

    खाना पकाउने एलपीजी ग्याँसको बजारमा हाहाकार मच्चिएको छ । सरकारले आधा सिलिन्डर ग्याँस दिने निर्णय गरे पनि उपभोक्ताले सहजै पाउन सकेका छैनन् । अभावसँगै कालोबजारी बढ्ने भएको छ ।

    खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१६ रुपैयाँ बढेर आए पनि हाललाई मूल्य यथावत राखिएको निगमको भनाइ छ । बजारमा ग्यास अभाव भएपछि आधा तौलको ग्यास भरिएको सिलिण्डर मात्रै दिन थालिएको छ ।

    इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि विशेष गरी दक्षिण एशियाका देशमा इन्धनको चरम अभाव सृजना भइरहेको छ । स्टेट अफ हर्मुजबाट आउने इन्धन इरानले बन्द गरिदिएपछि भारतमा तेल आयातमा कमी आउँदा नेपालमा पनि त्यसको संकट देखिएको छ ।

    आगामी १५ दिनपछि भारतीय आयल कर्पोरेसनले पठाउने नयाँ मूल्यसूचीपछि पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने निश्चित जस्तै देखिएको निगमको विज्ञप्तिबाट देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार