काठमाडौं । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किसोरी साहको मुद्दामा आज सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चकी न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्नेमा राखेको उक्त मुद्दाको सुनुवाई आज न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो ।
त्यसअघि बिहीबार साहकै अर्को मुद्दामा आदेश गरेकी न्यायाधीश सुवेदीकै इजजासमा मुद्दाको पेसी परेपछि शुक्रबार सुवेदीले यो मुद्दा हेरेकी थिइनन् ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका साहको उम्मेदवारी निर्वाचन आयोगले फागुन १९ गते खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेजविरुद्ध साह सर्वोच्च पुगेका हुन् ।
उनले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए । कर्जा सूचना केन्द्रले नै साहलाई कालोसूचीबाट हटाइएको पत्र पठाएपछि बिहीबार उनको नाम कालोसूचीबाट हटाउन न्यायाधीश सुवेदीको इजलासले आदेश दिएको थियो ।
अब उनको उम्मेदवारी खारेजबारे फैसला हुन बाँकी छ । सम्भवत यस मुद्दामा आजै फैसला हुनेछ । आयोगले साहको उम्मेदवारी खारेज गरे पनि उनले पाएको मत भने गणना गरेर राखिएको छ । उम्मेदवारी खारेजपछि पनि उनले सबैभन्दा बढी मत पाएका छन् ।
निर्वाचन आयोगले पछि सर्वोच्च अदालतको आदेश अनुसार हुने भन्दै यसअघि नेकपाका उम्मेदवार मातृका यादवलाई धनुषा १ बाट विजयी घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend