Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल आज काठमाडौँ आउदै 


    आइतबार, चैत्र १ २०८२
    400
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन् । युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनी नेपालमा तीन दिन बस्ने छन् ।

    यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो आएका थिए। उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए।

    भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको पनि भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा भोवेलले प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने छन् । उनले यसअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग भेटवार्ता गरिसकेका छन् ।

    भदौ २३ गतेको जेन जी प्रदर्शन, भोलिपल्टको विध्वंशपछि गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै हालैको निर्वाचनपछि गठन हुन लागेको रास्वपा नेतृत्वको नयाँ सरकारअघि हुन लागेको अमेरिकी जर्नेलको भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार