Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाना पकाउने ग्यास आजदेखि आधा सिलिन्डर मात्र पाइने


    शुक्रबार, फाल्गुन २९ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ ।

    नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

    मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो ।

    निगमले माग अनुरूप नै नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि माग उच्च देखिएको बताउँदै शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार