Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष ओलीलाई पितृशोक


    शुक्रबार, फाल्गुन २९ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।

    पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ बर्षको उमेरमा आज बिहान भक्तपुर गठठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

    उनी केही समययता अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको बताइएको छ ।

    उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार