काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ ।
यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखिएको छ । आज बिहानैदेखि उपभोक्ताहरु रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका छन् । कतिपय ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन् । तर ग्यास पाउनेहरुको संख्या सीमित छ ।
अमेरिका, इजरायल र इरानबीच जारी लडाइँका कारण खाडी देशहरू पनि तनाव चुलिएको छ । इरान, युएई र ओमानसँग सीमा जोडिएको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पनि लडाइँबाट प्रभावित भएपछि सो बाटो हुँदै ग्यास र पेट्रोलियम पदार्थ ढुवानी प्रभावित भएको छ । त्यसको असर विश्वभर परेको छ ।
नेपालमा भारत हुँदै ग्यास र तेल आयात हुने गर्दछ । तर भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ । पेट्रोलियम पदार्थको बिक्री वितरणको व्यवस्था मिलाउने नेपाल आयल निगमले समस्या समाधानको प्रयास गरे पनि सफल हुन सकिरहेको छैन ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend