काठमाडौं । नेकपा(एमाले)का नेता सुरेन्द्रप्रसाद पाण्डेले वर्तमान नेतृत्वकै कारण पार्टी सत्यानाश भइसक्यो, सर्वनाश हुनबाट रोक्नुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा उनले भनेका छन्–‘सत्यानाश भइसक्यो, सर्वनाश हुनबाट रोकौं ।’
पाण्डेको प्रश्न छ–‘एमालेले यो भन्दा बढी पाठ सिक्न केही बाँकी छ र ?’ उनले भनेका छन्–सामूहिकताका आधारमा निर्णय गरेर जाने, यो हारबाट पाठ सिकेर, संकल्प गरेर, सबै मिलेर जाने हो भने पार्टी बनाउन सकिन्छ । पाण्डे भन्छन्–पुननिर्माणको संकल्प गर्ने हो नयाँ संभावना मैले त्यत्तिकै देखिरहेको छु ।
म भूमिगत हुँदा काठमाडौं उपत्यकामा संगठन बनाएको थिएँ । काठमाडौंमा धेरै चुनावमा त्यही संगठनको बलमा एमालेले अधिकांश सिट जित्यो । कुनै चुनावमा त पाँचमा पाँचै सिट जितेको पनि थियो । तर अहिले त दसवटै क्षेत्रमा पार्टीले जितेन नै, ९ वटामा त तेस्रो चौथो भएको छ । एउटा क्षेत्रमा मात्र ५ हजार भोट कटाएको छ । यस्तो कसरी भयो ?
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend