Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति मत पाए ?


    बुधबार, फाल्गुन २७ २०८२
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।

    नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख तीन हजार ६२७, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ ।

    जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार