Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • वाणिज्य विभागले आयल निगमसँग माग्यो ग्यास माग र आपूर्तिको मासिक विवरण


    मंगलबार, फाल्गुन २६ २०८२
    575
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव झन् चुलिँदै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्याससम्बन्धी विवरण मागेको छ ।

    मंगलबार विभागले ग्यासको माग, आपूर्ति, उद्योग संख्या र अभावको कारणबारे विस्तृत जानकारी निगमसँग मागेको हो ।

    विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार ग्यास अभाव संकट समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो । बैठकपछि निगमसँग एक वर्षको माग र आपूर्तिको मासिक विवरण माग गरिएको हो ।

    भोलि बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सहित बैठक बस्न लागिएको उनले जानकारी दिए ।

    यसैबीच ग्यासको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले अनुगमन कडा बनाएको छ । ‘विभाग र आयल निगम दुवैको टोली अनुगमनमा खटिएको छ,’ उनले भने, ‘बढी मूल्य लिनेलाई कारबाही गर्न टोली परिचालित भइसकेका छन् ।’

    उनका अनुसार निगमले बजारमा ग्यास आपूर्तिमा समस्या छैन भने पनि अभाव रहेको अनुगमनबाटै देखिएको बताए । उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले सक्रियता बढाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार