काठमाडौँ । परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक कारणले नेपाल फर्किन चाहने नेपाली नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासमा आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, राहदानी, भिसाको फोटोकपी र यात्रा योजनासहितको विवरण दूतावासमा पेश गरेर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ।
पश्चिम एसियाका केही स्थानबाट सीमित हवाई उडानहरू सञ्चालन भइरहेका छन्। नेपालतर्फको उडान व्यवस्थाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गर्दै आएको जनाएको छ। इच्छुक नागरिकले हाल उपलब्ध उडान मार्गबाट यात्रा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, पश्चिम एसियामा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत आज साँझसम्म ५७,१०० जनाले आफ्नो विवरण दर्ता गरिसकेको छ। प्राप्त विवरणको आधारमा आवश्यक कदम चालिने योजना रहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्रले सो क्षेत्रको परिस्थिति नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय तथा पहल जारी रहेको जनाएको छ।
मन्त्रालयले स्थानीय सरकार र नेपाली नियोगद्वारा जारी सूचना तथा सुरक्षा सावधानी पालन गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। साथै, कानुन विपरीत फोटो, भिडियो वा अडियो सामग्री तयार गर्ने वा आदानप्रदान गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend