Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह


    मंगलबार, फाल्गुन २६ २०८२
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जवाफदेहिता निगरानी समितिले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

    समितिले आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकले जानकारी पाउने अधिकारको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको जनाएको छ।

    समितिका संयोजक राजुप्रसाद चापागाईँले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको व्यक्तिगत निर्णयको विषय नभई, आम नागरिकले पाउने संविधान प्रदत्त अधिकारसँग सम्बन्धित रहेको छ। छानबिन प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउनु सरकारको दायित्व हो, विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार