Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी


    मंगलबार, फाल्गुन २६ २०८२
    560
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्।

    पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

    विवरण अनुसार सबैभन्दा बढी खर्च खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ भएको छ। त्यसपछि सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

    निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार ज्ञवालीले खर्च विवरण पेस गरेका हुन्।

    ज्ञवाली गुल्मी क्षेत्र नम्बर-१ मा एमालेबाट उम्मेदवार बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार