Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषा- १ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति


    सोमबार, फाल्गुन २५ २०८२
    325
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा-१ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ ।

    नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको जनाएका हुन् ।

    निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध साह सर्वोच्च गएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको छैन।

    यद्यपि, उम्मेदवार खारेज भएपछि रास्वपाले धेरै मत पाएको छ । नेकपाले भने साहको उम्मेदवारी नै नभएकाले सबैभन्दा बढी मत ल्याएका पार्टीका उम्मेदवार यादवलाई विजयी घोषणा गर्न माग गरेको छ ।

    नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने नेकपाको विश्वास छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार