काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले देशभरबाट पुराना पार्टीहरुलाई क्लीनस्वीप गर्दा कर्णाली प्रदेशका २ जिल्लामा भने उक्त पार्टीका उम्मेदवारको जमानत नै बचाउन सकेनन् ।
कुनै पनि उम्मेदवारले खसेको जम्मा मतमध्ये सदर मतको १० प्रतिशत मत नल्याए जमानत जफत हुने कानुनी ब्यवस्था छ । तर
हुम्ला र जुम्लाका रास्वपा उम्मेदवारले १० प्रतिशत भन्दा धेरै मत पाएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाका तर्फबाट हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले १०६४ मत मात्र पाएकी छन् । हुम्लामा नेपाली कांग्रेसका जयपति रोकायाले ८७९७ मत ल्याएर बिजयी भएका छन् ।
त्यसैगरी जुम्लाबाट उम्मेदवारी दिएकी रास्वपाकी बिनिता कठायतले ४२१ मत मात्र पाएकी छन् । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ज्ञानेन्द्रले १४८१६ मत प्राप्त गरी बिजयी भएका छन् ।
बिनिता कठायत यसअघिको संसदमा रास्वपाबाट समानुपातिक सांसद थिइन् ।
टासी ल्हाजोम जेनजी बिद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री नियुक्ति हुने निश्चित भए पनि फ्री तिब्बत गतिबिधिमा लागेको भनेर विवादमा ल्याइएपछि रोकिएकी थिइन् ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend