काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले उद्योग बन्द नगर्न आग्रह गरेका छन् । जेनजी आन्दोलन र बिध्वंशले देशको उद्योग ब्यवसायमाथि कालो बादल मडाइरहेको बेला शाहीले गलत गर्नेलाई कारबाही गरे पनि उद्योग बन्द नगर्न आग्रह गरेका हुन् ।
देशका उद्योग ब्यापारमाथि आगजनी गरेर उद्योगी ब्यवसायी लगानी गर्नबाट हतोत्साही भएको बेला ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुल नतिरेको भन्दै सिमेन्ट, रडदेखि बिभिन्न उद्योगको लाइन काटेपछि उद्योगहरु बन्द भएका छन् । देशको बिषम परिस्थितिमा ऊर्जा मन्त्रालयले देशभरका २६ वटा उद्योगका बिद्युत लाइन काटेर ती उद्योग बन्द भएका छन् । हजारौं मजदुर बेरोजगार भएका छन् । लाइन काटेपछि उद्योग बन्द भएको र उद्योगी ब्यवसायीहरु सरकारलाई साँचो बुझाउने तहमा पुगिसकेका छन् ।
शाहीले संसारका कुनै पनि देश र उद्योग कलकारखाना, ब्यवसाय बन्द गरेर सफल र सक्षम नभएको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–‘संसारका कुनै पनि देश र उद्योग कलकारखाना ,ब्याबसाय बन्द गरेर सफल र सक्षम हुँदैनन् । हाम्रो देशमा सिमेन्ट उद्योगमा र सरिया, रड, छड उद्योगहरु आत्मनिर्भर मात्र होइन, अरबौँ रुपैयाँको बिदेश निर्यात गर्नसक्ने भइसकेका छन् ।
नेपालका उद्योग–धन्दा बन्द गर्नका लागि विदेशी सामान आयात गर्नका लागि एउटा ठूलो रणनैतिक चाल चलिँदैछ । २०४६–०४७ सालमा मा जसरी ४४ वटा उद्योगधन्दा बन्द गरियो । त्यस्तै नयाँ रणनीतिका लागि विदेशीले नयाँ पपुलर अनुहारको साहारा लिँदैछन् । हामीले जनतालाई यो कुरा राख्दा हाम्रो कुराको विश्वास गर्दैनन् किनकि उनी व्यक्ति अहिले अत्यन्तै पपुलर छन् तर वास्तविकता नेपालका उद्योग कलकारखाना बन्द गर्ने विदेशी सामान आयात गर्ने नै हो । त्यसैले भन्छु ।
यस्ता गलत हर्कत बन्द गर्नुहोस्, होइन भने एकदिन जनताले यो कुरा थाहा पाउनेछन् । आज जस्तै जनताको हजुरलाई भगवान भन्दै पूजेका छन् । त्यति नै त्यो दिन जनताको राक्षस भन्दै गाली गर्नेछन् । किनकि सत्य कहिले लुक्दैन र सत्य एक दिन अवश्य प्रकट हुनेछ ।
गलत गर्ने लाई कार्बाही गर तर उद्योग बन्द नगर ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend