Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरी-१ मा ३५ हजार ७४१ मतसहित हर्कराज राई निर्वाचित


    आइतबार, फाल्गुन २४ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

    रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् ।

    धरान उपमहानगरपालिकाका मेयरबाट राजिनामा दिएर राई यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार