काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर- ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत सिंहलाई बधाई दिएका हुन्। थापाले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ।’ उनले मतताताप्रति कृतज्ञता व्यक्त गर्दै सर्लाहीका समस्या सम्बोधन गर्न सम्भव हुने काम निरन्तर गरिरहेने प्रतिबद्धतासमेत जनाएका छन् ।
उनले निर्वाचनको समयमा विश्वास र मतदाताबाट पूर्ण समर्थन प्रदान गर्ने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् ।
सर्लाही–४ मा रास्वपाका सिंहसँग कांग्रेसका थापा १२ हजार बढी मतले पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम कांग्रेसका थापाले २२ हजार ८३८ मत पाएका छन्। सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend